बजेट थप आर्थिक संकट निम्त्याउने किसिमकाे छ, प्रदीप ज्ञवाली

२०७९, १९ जेष्ठ बिहीबार १२:४५

काठमाडाैँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले आगामी आर्थिक वर्षको बजेट थप आर्थिक संकट निम्त्याउने किसिमको रहेको बताएका छन्।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले बजेटले आर्थिक स्थिरताभन्दा पनि थप संकटको पुनरोत्पादन गर्ने दाबी गरे। सांसद ज्ञवालीले बजेट कार्यान्वयन हुने खालको नभएको उल्लेख गर्दै भने, ‘बजेट ठूलो आकारको छ। यो चुवानी वर्ष हो, चुनाव गर्ने छलफलमा तपाईंहरू आफैँ आयात घटाउँछु भन्नुहुन्छ, राजस्व बढाउँछु भन्नुहुन्छ। तर, हाम्रो सबैभन्दा ठूलो राजस्व नै आयातबाट छ।’

बजेटले उत्पादन वृद्धि गर्न नसक्ने हुँदा सरकारी कोषमा पैसा नहुने भन्दै उनले व्यापार घाटा पनि घटाउन नसक्ने जिकिर गरे। अर्थमन्त्री जनार्दन शर्माले जमिन नटेकी बजेट ल्याएको टिप्पणी गर्दै उनले यसअघि एमाले सरकारले ल्याएको कार्यक्रम पनि समेटिएको बताए।


ताजा खबर

    सम्बन्धित शीर्षकहरु