प्रि ओपन सेसन अपडेटः ४० हजारको मात्र कारोबार

२०७९, १८ जेष्ठ बुधबार १०:५८

बुधबार प्रि ओपन सेसनमा मात्र ४० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस दिन सो सेसनमा २ स्टकको ४० हजार ७२७ रुपैयाँ बराबरको १२५ कित्ता शेयर खरिदबिक्री भएको हो। जसमध्ये एक स्टकको शेयरमूल्य बढेको छ भने एकको घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ३५.५३ अंक घटेर २१३७.९२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.१४ अंक बढेर २१३८.०६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०८ अंक बढेको छ।

Comments

ताजा खबर