काठमाडौँ महानगरका नवनिर्वाचित मेयर शाह र सेनाका प्रधानसेनापति शर्माबीच भेटवार्ता

२०७९, १६ जेष्ठ सोमबार १८:३२

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन्।

मेयरको शपथ लिएर कार्यभार सम्हालेलगत्तै सैनिक मुख्यालय जंगीअड्डा गई भेट गरेका हुन्। भेटमा मेयर शाहले बिपद् व्यवस्थापनलगायत राष्ट्रिय सुरक्षामा नेपाली सेनाले पुर्याएको योगदानको प्रसंसा गरे भने प्रधानसेनापति महारथी शर्माले मेयर शाहलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरे। आगामी दिनमा महानगरपालिका र नेपाली सेनाबीच सहकार्यसमेत गरिने भएको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु