सबै सरकारी कर्मचारीले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा लगाउनुपर्ने

२०७९, १६ जेष्ठ सोमबार ०८:३६

सबै सरकारी कर्मचारीले हेटौंडा कपडा उद्योगले उत्पादन गरेका मात्रै कपडा लगाउनुपर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारी कर्मचारीले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा मात्रै लगाउनुपर्ने बताएका हुन् ।

अहिले बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने र त्यहाँबाट उत्पादित कपडा सरकारी कर्मचारीले अनिवार्य रूपमा लगाउनुपर्ने उनको भनाइ छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु