काठमाडौं : नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले एमाले सिटको गणितमा दोस्रो तर सोलोडोलो एउटा शक्ति भएको बताएका छन्।
सामाजिक संजालमा फेसबुकमार्फत् रिमालले लोकप्रीय मतको हिसाबमा एमाले नै पहिलो दल भएको बताएका हुन्।
उनले भने, ‘यदि गठबन्धनलाई एउटा दल मान्ने हो भने गठबन्धनले जित्यो। एमाले दोस्रो भयो। गठबन्धन भित्रका दलहरु बीच के कसरीअंशबण्डा भएको छ, त्यो ती दलहरुको आन्तरिक विषय हो। यो कोणबाट विश्लेषण गर्ने हो भने यहाँ एमाले सीटको गणितमा दोस्रो तरसोलोडोलो एउटा शक्ति हो। यो तथ्य स्वीकार्न साथीहरुमा आनाकानी किन?’
यदि कांग्रेस आफूलाई ‘पहिलो’ भन्न चाहन्छ भने उसले आफूले ‘सहयोगी’वाट लिएको ‘सापटी’ कति हो छुट्याउन पर्ने उनको भनाइ छ। ‘सावाँ, सापटी, व्याज सबै एक्लै काँग्रेसको मात्रै कमाइ हो भन्न मिल्छ र?’ उनले प्रश्न गरे।
रिमालले भने, ‘नेकपा एमालेबाट चोइटिएको नेकपा ’एस’को जम्मा मत ४ प्रतिशत छ। ‘एस’को ४ प्रतिशत पनि सबै उसको होइन, काँग्रेस रमाओवादी गठबन्धनबाट पाएको हो भन्ने अनुमान गर्न मिल्ला नी! त्यस्तै कांग्रेसले पनि ‘एस’को एकतिहाइ पायो होला। कुल मतमा एस’कोएकतिहाइ अर्थात् १.३३ प्रतिशत कटाउँदा काग्रेंसको ३२ प्रतिशत मात्र रहन्छ।’