नयाँ आशाको किरण: नवनिर्वाचित उपमेयर सुनिता डंगोल

२०७९, १३ जेष्ठ शुक्रबार १८:०९

काठमाडौं- काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले यो जित नयाँ आशाको किरण भएको बताएकी छन्।

विजय घोषणा भएपछि राष्ट्रिय सभागृह पुगेकी उनले भनिन्, ‘राजनीति भनेको फोहोरी खेल हो भन्ने जमात बढिरहँदा अझ विशेषगरी युवाहरूका लागि राजनीति भनेको पाइला टेक्ने ठाउँ होइन भन्दा यो जितमा केही न केही आशाको किरण थपिएको छ।’उनले काठमाडौंलाई माया गर्ने, काठमाडौंलाई घर ठान्ने र कर्मथलो ठान्ने सबैलाई धन्यवाद दिएकी छन्।

‘काठमाडौंलाई साँच्चै नै विकास भएको देख्न चाहने सम्पूर्ण काठमाडौंमा रहनु भएका र देश-विदेशमा रहनु भएको सबैलाई धन्यवाद दिन चाहन्छु’, उनले भनिन्।आफूले पाएको जिम्मेवारीलाई कर्तव्यनिष्ठ भएर एक असल प्रतिनिधिको रूपमा पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन्।

उनले गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठलाई हराउँदै उपमेयर जितेकी हुन्। डंगोलले ६८ हजार ६१२ मत पाएकी छन् भने गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रामेश्‍वर श्रेष्ठले २३ हजार ८०६ मत पाएका छन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु