अब देखि विदेशबाट फर्केकालाई रोजगारीको व्यवस्था मिलाउने

२०७९, १० जेष्ठ मंगलवार २१:००

काठमाडौं: सरकारले विदेशबाट फर्किएकालाई रोजगारी दिने व्यवस्था गर्ने भएको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षको नीति तथा कार्यक्रममा सम्बोधन गर्दै विदेशमा सिकेको सिप अनुरुपको रोजगारी उपलब्ध गराई पुन समाजमा स्थापित गरिने बताएकी छिन् ।

साथै नेपाली श्रम बजारमा आवश्यक जनशक्ति उत्पादनमा समेत जोड दिने जनाएको छ । श्रमको सम्मान सिाथै श्रमिकको हकको सुनिश्चित गरि देशमै रोजगारी सिर्जना गर्नमा जोड दिने सरकारले जनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु