चालक अनुमतिपत्र सम्बन्धित प्रदेशबाटै वितरण गर्ने व्यवस्था मिलाउने

२०७९, १० जेष्ठ मंगलवार २०:५८

काठमाडौं: सरकारले सवारी चालक अनुमतिपत्र सम्बन्धित प्रदेशबाटै वितरण गर्ने व्यवस्था मिलाउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सवारी चालक अनुमतिपत्र सम्बन्धित प्रदेशबाटै वितरण गर्ने व्यवस्था मिलाइने बताएकी हुन् ।

हाल विभिन्न प्रदेशबाट सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिएपनि काठमाडौंमा मात्रै डिजिटल लाइसेन्स प्रिन्ट हुँदै आएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु