शिक्षकमाथि अनुसन्धानका लागि अदालतद्वारा म्याद थप

२०७९, १० जेष्ठ मंगलवार २०:५३

काठमाडौँ: छात्राहरुमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका दुई शिक्षकलाई जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि ५ दिन म्याद थप गरेको छ ।
काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका संयोजक जर्नादन अधिकारी र शिक्षक राजनकुमार पौडेल मंगलबार पक्राउ परेका हुन् ।
कक्षा ११ र १२ का छात्राहरुमाथि यौन दुर्व्यवहार गरेको भन्दै मंगलबार बिहानदेखि कलेजका विद्यार्थीहरुले सेन्ट लरेन्स कलेज र प्रहरी वृत्त गौशालामा आन्दोलन गरेका थिए।

विद्यार्थीको आन्दोलनपछि प्रहरी वृत्त गौशालाले उनीहरुलाई पक्राउ गरी अदालतमा पेस गरेको हो । शिक्षक अधिकारीमाथि केही समययता कक्षा ११ र १२ मा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।
पटक–पटक कलेज व्यवस्थापनलाई घटनाबारे जानकारी गराउँदा पनि सुनुवाई नभएको र भित्रभित्रै मिलाउने प्रयास गरिएपछि विद्यार्थी आन्दोलित भएका हुन् । ती शिक्षकहरुले विद्यार्थीहरुमाथि अनैतिक रुपमा छुने, आफ्नो घरमा बस्ने र यौन सम्पर्कको प्रस्ताव गरेको छात्राहरुको आरोप छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु