बलात्कारीलाई फाँसी दे , अर्को भागिरथी बन्‍न चाहन्‍नँ

२०७९, १० जेष्ठ मंगलवार २०:४८

मकवानपुर: बलात्कार घटनाको उजुरीका लागि हदम्याद तोक्‍न नहुने माग गर्दै विरोध प्रर्दशन भएको छ ।
बाल्यकालमा केही यौन शोषणमा परेको छ भने बालिग भएपछि वा जुनसुकै उमेरमा पनि उजुरी गर्न मिल्ने व्यवस्थाको माग अहिले चर्चाको विषय बनेको छ । बागमती प्रदेशको राजधानी हेटौंडाको बुद्धचोकमा बलात्कारीलाई फाँसीको माग गर्दै ओमन परिवारले विरोध प्रर्दशन भएको छ ।

कुनै पनि बालिका/महिला कुनै पनि समय बलात्कारको शिकार हुनसक्ने भन्दै यसको लागि सबै लाग्नुपर्ने उनीहरूको माग छ । कार्यक्रममा दर्जनौं किशोरीहरू बलात्कारविरुद्ध कालोपट्टी, कालो पोषाकमा उपस्थित थिए । उनीहरूले बलात्कारीलाई फाँसी दे, अर्को सुस्मिता म बन्‍न चाहन्‍नँ, अर्को भागिरथी म बन्‍न चाहन्‍नँ भन्दै नारा लगाएका थिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु