बिर्तामोड , झापाको बिर्तामोड नगरपालिका ३ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।
कांग्रेसले २०४८ सालदेखि आफ्नो पकडमा राखेको बिर्तामोड–३ मा एमालेका उम्मेद्वार मदन बुढाथोकी अध्यक्षमा निर्वाचित भएका हुन् । सो वडामा कांग्रेस नेता भोजराज सिटौला निरन्तर वडाध्यक्ष रहँदै आएका थिए ।
बुढाथोकीले २२६३ मत प्राप्त गरिरहँदा प्रतिष्पर्धी नेपाली कांग्रेसका प्रेमप्रसाद उप्रेतीले मात्र ११४१ मत पाएका छन् । वडाध्यक्षका अन्य उम्मेदवारहरुमा राप्रपाका किरण पौडेलले ३९१ र जनता समाजवादी पार्टीका हरिनारायण चौधरीले ११६ मत प्राप्त गरे ।
त्यस्तै वडा सदस्यमा पनि एमालेले जितेको छ । महिला सदस्यमा धनसरी राजवंशी १७३५ , दलित महिला सदस्यमा लक्ष्मी रोक्का सार्की १८०३, खुल्ला सदस्यमा भागीमान लिम्बू १६८२ र हरिप्रसाद बाँस्कोटा १७७४ मतले बिजयी भएका छन् ।
Comments