किन गृहमन्त्री खाँणसँग चिनियाँ राजदूत यान्छीले भेट गरिन?

२०७९, ४ जेष्ठ बुधबार १६:०९

काठमाडौँ: गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेटघाट गरेकी छन् । बुधबार गृह मन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहयोग आदानप्रदानको विषयमा कुराकानी भएको थियो ।

भेटमा राजदूत यान्छीले स्थानीय तह निर्वाचन सम्पन्न गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ । चिनियाँ राष्ट्रपति सि चिन फिङले आफ्ना जनप्रतिनिधि जनताले आफैं छान्ने प्रक्रिया राम्रो भएको भन्दै यो कार्य सम्पन्न गरेकोमा प्रधानमन्त्री देउवालाई बधाई दिएको बताए ।
भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनका दिन आफू निर्वाचन भइरहेका विभिन्न स्थानमा अवलोकनका लागि गएको र त्यहाँ जनता उत्साहित भएर निर्वाचनमा भाग लिइरहेको देख्दा खुसी लागेको राजदूत यान्छीले बताइन् ।

भेटमा गृहमन्त्री खाँणले स्थानीय सरकार निर्माण गर्ने कार्य सम्पन्न गरेर सरकार अब बजेट निर्माणको प्रक्रियामा लागेको बताए । चीनले शान्ति, स्थिरता, विकास र समृद्धिमा अहिलेसम्म निरन्तर गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग गर्न आग्रह गरेको गृह सचिवालयले जनाएको छ ।

Comments

ताजा खबर