भक्तपुरको चाँगुनारायण नगरपालिकामा मेयर नेपाली कांग्रेस उपमेयर एमाले

२०७९, ४ जेष्ठ बुधबार १४:५७

काठमाडौँ – भक्तपुरको चाँगुनारायण नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। नेपाली कांग्रेसका उम्मेदवार जीवन खत्रीले ९ हजार ५ सय ५० मत ल्याइ जितेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मेयर उम्मेदवार बिना बास्तोलाले ९ हजार १ सय ६० मत प्राप्त गरेकी छन्। बास्तोला यो भन्दा अगाडि चाँगुनारायण नगरपालिकाकी उपमेयर थिइन्।

यस्तै चाँगुनारायण नगरपालिकाको उपमेयर पदमा नेकपा एमालेका उम्मेदवार रमेश बुढाथोकी विजयी भएका छन्। उनले ११ हजार १ सय ७ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुभद्रा काफ्लेले ९ हजार ७६ मत प्राप्त गरेकी छन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु