बिर्तामोड १० को वडाध्यक्षमा कांग्रेसका दुर्योधन गुरुङ पुनः निर्वाचित

२०७९, ४ जेष्ठ बुधबार ११:०४

बिर्तामोड, झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १० को वडाध्यक्षमा नेपाली कांग्रेसका दुर्योधन गुरुङ पुनः निर्वाचित भएका छन ।

उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका रिमानध्वज सुब्बालाई पराजित गरेका हुन् । गुरुङले १९९३ मत प्राप्त गर्दा सुब्बाले १५५९ मत प्राप्त गरेका छन् । विजयी गुरुङ निवर्तमान वडाध्यक्ष हुन् ।

त्यस्तै महिला सदस्य कांग्रेसकै धनमाया श्रेष्ठ (१७१६), दलित महिला सदस्य दिपिका सिवा (१८५८) र वडा सदस्य पन्चधन राई (१६९४) विजयी भएका छन् । एउटा वडा सदस्यमा राप्रपाका पृथीबहादुर बस्नेत विजयी भएका छन् । बस्नेतले १५६३ मत प्राप्त गरेका छन् । बिर्तामोड १० मा नेकपा एमालेले राप्रपासँग तालमेल गरेको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु