बिर्तामोड , बिर्तामोड नगरपालिकाको मतगणनामा नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ ।
वडा नं १ मा पछि परेको गठबन्धनले वडा नं १० को मतगणना शुरु गर्दा समेत मत बढाउन सकेको छैन । वडा नं १० मा पनि एमालेले नै अग्रता लिइरहेको छ । दुईवटा वडाको २२७८ मत गन्दा मेयरमा एमालेले १०४२, कांग्रेसले ७३० , राप्रपाले २०४ , उपमेयरमा एमालेले १०१४ , माओवादीले ४४५ , राप्रपाले २७६ मत ल्याएको छ । त्यस्तै वडाध्यक्षमा एमालेले ९७६ , कांग्रेसले ७९४ र राप्रपाले २०४ मत ल्याएको छ ।