झापामा ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

२०७९, ३० बैशाख शुक्रबार २२:०१

बिर्तामोड , झापामा ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

बिहान ७ बजे शुरु भएर निर्धारत समय साँझ ५ बजेसम्म त्यति मत खसेको निर्वाचन कार्यालय प्रमुख तुलसीकुमार नेपालले बताए । उनले बिर्तामोड नगरपालिका वडा नं ४ अन्तर्गत पुरानो बिजुली अफिस मतदान केन्द्रमा मतदान स्थगित भएकोले त्यहाँको मत प्रतिशत नआएको बताए । मतदानको निर्धारित समय सकिनै लाग्दा साँझ ४.४५ बजे त्यहाँ मतदान स्थगित भएको हो । मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्र मतदातालाई दिइएपछि विवाद भएको हो । अन्य मतपत्रमा पनि हस्ताक्षर नभएको आशंका गर्दै मतदान स्थगित गरिएको नेपालले बताए ।त्यस विषयमा छलफल भइरहेको उनले जानकारी दिए ।

जिल्लाभर मतदान शान्तिपूर्ण सम्पन्न भएको उनले बताए । झापामा ६ लाख ४६ हजार २३४ जना मतदाता रहेका छन् । उनीहरुको लागि २८६ मतदानस्थल र ७५५ मतदान केन्द्र व्यवस्था गरिएको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु