बामदेब गौतम राजनैतिकबाट संन्यासनै लिने भएत !!!

२०७९, २९ बैशाख बिहीबार १८:२७

काठमाडौं: नेकपा फुटेपछि औपचारिक रुपमा कुनै दलमा प्रवेश नगरिसकेका तर माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी निकट रहेर सक्रियता देखाउदै आएका पूर्व उपप्रधानमन्त्री वामदेव गौतम यसपटक भोट नहाल्ने भएका छन् ।

गौतमले यो पटकको स्थानीय तह निर्वाचनमा माधव नेतृत्वको नेकपा एसमा पनि मतदान नगर्ने भएका हुन् । नेकपा एमाले छाडेर पार्टी एकता राष्ट्रिय अभियान चलाउँदै आएका गौतम एमाले विभाजन भएसँगै राजनीतिमा सक्रिय छैनन् ।
उनले आफू ‘न्युट्रल’ बसेकाले यो पटक मतदान पनि नगर्ने बताए । गौतमले न्युट्रल बताएपनि उनी अप्रत्यक्ष रुपमा नेकपा एसका लागि काम गर्दै आएका छन् । उनले नेकपा एसको चुनावी गीत लेख्नुका साथै पार्टीका अन्य गतिविधीमा पनि संलग्न रहदै आएका छन् ।

बर्दियाको बाँसगढी नगरपालिका वडानम्बर १ को मतदाता रहेका गौतमले भने, ‘म केही समयदेखि राजनीतिमा न्युट्रल बस्दै आएको छु, अहिले पनि त्यसै गर्छु, त्यसैले यो पटक मतदान गर्दिनँ ।’ गौतम राष्ट्रिय सभा सदस्य समेत हुन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु