कांग्रेस कार्यकर्ता खुकुरी लिएर सर्वदलीय बैठकमा पुगे!

२०७९, २८ बैशाख बुधबार २२:४३

गोरखा: स्थानीय तह निर्वाचनलाई लक्षित गरी गण्डकी गाउँपालिकामा बोलाइएको सर्वदलीय बैठकमा खुकुरी सहित पुगेका मनोज गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै उनी बुधवार बिहान बैठकमा सहभागी हुन गएका थिए । उनले बोकेको झोलामा खुकुरी भेटेपछि नियन्त्रणमा लिइएको डीएसपी लिलाराज लामिछानेले बताए । वडा नम्बर ६ स्थित तोमनडाडा आधारभूत विद्यालयमा बोलाइएको बैठकमा सहभागी हुन भन्दै उहाँ झोला बेकेर आउनुभएको रहेछ,’ उनले भने, ‘शंका लागेर झोला चेकजाँच गर्दा खुकुरी भेटियो ।’ गुरुङ प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी लामिछानेले जानकारी दिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु