गाउँ फर्कनेको लर्को, स्थानीय तहबाट पार्टीहरूले नै गाडी पठाए

२०७९, २८ बैशाख बुधबार २२:२४

काठमाडौँ: स्थानीय तहको चुनाव आउन २ दिन बाँकी रहँदा संघीय राजधानी काठमाडौंबाट घर फर्किनेहरूको घुइँचो लागेको छ । विभिन्न सिलसिलामा काठमाडौंमा रहेकाहरू मत हाल्न आ-आफ्ना गाउँ फर्किरहेका छन् । यतिबेला काठमाडौंको कोटेश्वर, कलंकी, बालाजु, बल्खु क्षेत्रमा घर फर्किनेहरूको भीड लागेको छ । ५ वर्षपछि आउने चुनावमा भोट हाल्न जान मतदाताहरू उत्साहित देखिएका छन् । गाउँ फर्किनेहरूको संख्या धेरै भएकाले सवारी साधनहरू खचाखच भरिएका छन् । मत हाल्न विभिन्न सामान बोक्ने गाडीमा समेत बसेर घर फर्किरहेका छन् ।

घर फर्किनेहरूका लागि गाडीसमेत थपिएको छ भने कतिपय स्थानीय तहबाट पार्टीहरूले नै गाडी पठाएका छन् । जसका कारण सडकमा ट्राफिक जामसमेत भएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु