नेपाली कांग्रेसका वडाध्यक्षले परिचयपत्र लुटे

२०७९, २८ बैशाख बुधबार २२:०९

दोलखा: तामाकोसी गाउँपालिका–१ भीरकोटबाट मतदाता परिचयपत्र लुटेको आरोपमा उक्त वडाका अध्यक्ष महेश काफ्लेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त वडा कार्यालयका मतदानस्थलबाट १ सय २५ थान नयाँ मतदातालाई वितरण गर्न लागिएको मतदाता परिचयपत्र बुधबार दिउँसो काफ्लेले लुटेर फरार भएको प्रहरीले जनाएको छ ।
मतदाता परिचयपत्र लुटेर फरार भएका उनलाई स्थानीयले नियन्त्रणमा लिए पनि उनी परिचयपत्र फालेर फरार भएको स्थानीयहरूले बताएका छन् । अहिले वितरणका लागि १ सय २५ थान मतदाता परिचयपत्र सबै मतदान अधिकृतलाई बुझाइएको छ ।

फरार भएका उनलाई दिउँसो तामाकोसी बजारबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी नायव उपरीक्षक गंगाप्रसाद पौडेलले बताए । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । काफ्ले २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडा नं १ को अध्यक्षमा निर्वाचित भएका थिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु