चुनावमा ६ दिन विद्यालय विदा हुने

२०७९, २६ बैशाख सोमबार ०५:५०

काठमाडौं: वैशाख ३० गतेको स्थानीय तहको चुनावमा ६ दिन विद्यालय विदा हुने भएको छ । मतदान केन्द्र तोकिएका विद्यालयहरू वैशाख २८ गतेदेखि ३० गतेसम्म तीन दिन बन्द हुनेछन् । निर्वाचन सकिएसँगै लगातार तीन दिन सार्वजनिक बिदा परेकाले विद्यालय भने ६ दिन बन्द हुने भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रानुसार शिक्षा विकास तथा समन्वय एकाइको निर्देशनले मतदानमा सहयोग गर्न भन्दै ६ दिन दिएसँगै विद्यालयमा पठनपाठन नहुने भएको हो ।

निर्वाचनका लागि वैशाख २८ देखि ३० गतेसम्म विद्यालय बन्द हुने भएपनि ३१ गते शनिबार, जेठ १ गतेदेखि शनिबार र आइतबार गरी साताको दुईदिन बिदा दिने सरकारी निर्णय भएकाले र जेठ २ गते बुद्धजयन्ती परेकाले ३ गते मात्र विद्यालय खुल्ने भएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु