शर्मा, विनोदी र साकारलाई त्रिमूर्ति पुरस्कार

२०७९, २५ बैशाख आईतवार २१:३२

काठमाडौँ: त्रिमूर्ति निकेतनले यस वर्षको त्रिमूर्ति पुरस्कार छन्दकवि तथा महाकाव्यकार गोविन्दराज विनोदी, अभिनेत्री मिथिला शर्मा र कवि शैलेन्द्र साकारलाई प्रदान गर्ने निर्णय गरेको छ ।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षतामा शनिबार बसेको बैठकले यस वर्षको ‘लेखनाथ काव्य पुरस्कार’ छन्दकवि विनोदीलाई, ‘बालकृष्ण सम पुरस्कार’ अभिनेत्री शर्मालाई र ‘देवकोटा काव्य पुरस्कार’कवि साकारलाई समर्पण गर्ने निर्णय गरिएको निकेतनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए । प्रसाईंका अनुसार पुरस्कृतहरुलाई ताम्रपत्रका साथ जनही एक लाख रूपैयाँ प्रदान गरिनेछ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु