कांग्रेसले देश बनाउने भन्नु र रागो ब्याउँछ र दूध दिन्छ भन्नु एउटै हो

२०७९, २२ बैशाख बिहीबार १६:३१

काठमाडौ: नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीले जनमतबाटै तीन तहको सरकार निर्माण गर्ने बताएका छन्। उनले एमालेमा देखिएको जनउत्साहका कारण सत्तागठबन्धन आतंकित बनेको टिप्पणी समेत गरे।
कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित गरेर जारी गरेको घोषणापत्रमा आफ्नो नाम ४२ ठाउँमा लेखिएको तर कांग्रेस सभापतिको नाम ८ ठाउँमा मात्र लेखिकाएले सत्ता गठबन्धन एमालेसँग डराएको र एमाले कार्यकर्ताले ३० वैशाखमा सत्ता गठबन्धनलाई पछारेर मात्र निदाउने जिकिर गरे।
सभालाई सम्बोधन गदै अध्यक्ष ओलीले परामेदशबाट बनेको गठबन्धन सरकारलाई एमालेले जनमतबाटै पाखा लगाएर तीनै तहमा सरकार निर्माण गर्ने दाबी गरे। ओलीले कांग्रेसप्रति टिप्पणी गर्दै भने, ‘कांग्रेससँग देश बनाउने नीति नै छैन। एमालेलाई धारे हात लगाउने मात्र हो। कांग्रेसले देश बनाउने भन्नु र रागो ब्याउँछ र दूध दिन्छ भन्नु एउटै हो।’

अहिले देशमा जे जति दल दर्ता भएपनि एमाले र गठबन्धनबीचको मात्र लडाइँ भएको भन्दै उनले यो लडाइँ नेपाल जोगिने कि नजोगिने भन्ने पनि रहेको बताए।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु