रेणु दाहाललाई किन र के को लागि जिताउने

२०७९, २२ बैशाख बिहीबार १६:०५

काठमाडौँ: नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला चितवनको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रममा सहभागी नहुने भएका छन् । कोइरालाको सचिवालयले कोइराला विराटनगर रहेकाले चितवनको कार्यक्रममा सहभागी हुन नसक्ने बताएको छ ।

आधिकारिक रुपमा चितवनबाट कुनै खबर नआएको र त्यससम्बन्धी औपचारिक जानकारी पनि नभएको सचिवालयले जनाएको छ ।

प्रदेश नम्बर १ का विभिन्न जिल्लामा पूर्वनिर्धारित चुनावी कार्यक्रमहरु भएकोले डा. शेखर चितवन जाने कुरा न्यून रहेको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

सञ्चारमाध्यमहरुमा डा. शेखर भरतपुर महानगरपालिकाबाट गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी रेणु दाहाललाई जिताउने चुनावी सभामा सम्बोधन गर्न चितवन जाने भनेर समाचारहरु आएका थिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु