ओलीको व्याख्या शेषनागले पनि व्याख्या गर्न नसक्ने

२०७९, २२ बैशाख बिहीबार १६:०२

काठमाडौं: एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चितवनमा आयोजित कार्यक्रमा बोल्दै केपी ओलीको व्याख्या शेषनागले पनि व्याख्या गर्न नसक्ने बताए । ओली झुटको पुलिन्दा भएकाले उनको व्याख्या गर्न नसकिने उनले बताए । ‘केपी ओलीको व्याख्या गर्न सकिदैन,’ उनले भने, ‘उनी महागफाडी हुन् ।’

अध्यक्ष नेपालले ओली बयल गाडाका प्रवर्तक भएको पनि बताए । ‘नेपालमा राजतन्त्र फल्नु र बयलगाडा चढेर वासिङटन जानु उस्तै उस्तै हो भन्ने गणतन्त्र विरोधी हुन् ओली,’ उनले भने, ‘आज गणतन्त्र विरोधी सँग साँठगाँठ गर्दैछन् ।’ उनले पाँच दलीय गठबन्धन आजको आवश्यकता भएको समेत बताए । पाँच वर्षमा भरतपुरमा रेणु दाहालले गरेको कामले आफू दंग परेको समेत बताए ।

भरतपुरको सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल लगायत सहभागि छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु