रूसको ग्यास आपूर्ति चीनमा ६० प्रतिशतले वृद्धि

२०७९, २१ बैशाख बुधबार १०:३६

किभ: युक्रेनमा जारी युद्धबीच गत वर्षको तुलनामा सन् २०२२ को पहिलो चार महिनामा चीनमा रूसको ग्यास आपूर्ति ६० प्रतिशतले बढेको छ । रुसी उर्जा कम्पनी ग्याजप्रोमले आइतवार निर्यातमा उल्लेखनीय बृद्धि भएको घोषणा गरेको थियो ।

युक्रेन–रुस जारी युद्ध र पश्चिमा देशहरूले रुसमाथि लगाएको प्रतिबन्धबीच युरोपमा ऊर्जा निर्यात अनिश्चित बनेको छ । बेइजिङले युक्रेनमा रुसी आक्रमणको पूर्ण निन्दा गरेको छैन । जारी संकट कूटनीतिक माध्यमबाट समाधान गर्न उसले जोड दिँदै आएको छ ।

रुस र पश्चिमबीचको ऊर्जा गतिरोधले पूर्व सोभियत संघ बाहिरका देशहरूलाई ग्यास आपूर्तिमा यस वर्षको सुरुदेखि २६ दशमलब ९ प्रतिशतले गिरावट आएको प्रतिवेदनमा उल्लेख छ । पछिल्लो चार महिनामा कुल ५०.१ अर्ब घनमिटर ढुवानी भएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु