मेयरमा ९ जनाको उम्मेदवारी

२०७९, १४ बैशाख बुधबार ११:५२

जुम्ला: जुम्लाको एक मात्र नगरपालिका चन्दननाथ नगरपालिकाको मेयरका लागि ९ जनाको उम्मेदवारी परेको छ । मेयरमा एक जना महिला र ८ जना पुरुषको उम्मेदवारी परेको हो ।
मेयरमा उम्मेदवारी दिने महिलामा जयलक्ष्मी चौलागाईं रहेकी छन् । नगर उपप्रमुखमा ८ जनाको उम्मेदवारी परेको छ । जसमा २ जना पुरुषले पनि उम्मेदवारी दिएका छन् ।
नगरपालिकामा १० वडा छन् । १० वडाध्यक्षका लागि ६९ जनाको उम्मेदवारी परेको छ । जसमा ३ जना महिला उम्मेदवार छिन् । ६६ जना पुरुषले वडाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले महिला सदस्यमा ४०,दलित सदस्यमा ४० र खुला सदस्यमा ९४ जनाको उम्मेदवारी परेको छ । खुला सदस्यका लागि ४ जना महिलाले उम्मेदवारी दर्ता गराएका छन् ।

कुल ५२ पदका लागि २ सय ६६ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।

Comments

ताजा खबर