बिर्तामोड नगरपालिकाको मेयरमा दश जनाको उम्मेदवारी ।

२०७९, १३ बैशाख मंगलवार १२:४५
झापा ,बिर्तामोड नगरपालिकाको मेयरमा ९ जना राजनीतिक दलको तर्फबाट र एकजनाले मेयरमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । त्यस्तै उपमेयरमा ९ जनाको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृतको कार्यालय बिर्तामोडका अनुसार एमालेबाट मेयरमा पवित्रादेवी महतारा, उपमेयरमा नगेन्द्र संग्रौलासहित ४९ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । राप्रपाबाट मेयरमा धु्रवकुमार उप्रेती र उपमेयरमा रञ्जु प्याकुरेलसहितले उम्मेद्वारी दर्ता गराएका छन् ।
यस्तै,  मंगोल नेशनल अर्गनाइजेशन पार्टीबाट मेयरमा राजकुमार लावती र रितादेवी शेर्माले उपमेयरमा उम्मेद्वारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मौलिक जरोकिलो पार्टीका तर्फबाट मेयरमा प्रज्वल अधिकारी शर्मा र उपमेयरमा रितादेवी निरौलाले उम्मेद्वारी दर्ता गराएका छन् ।
त्यस्तै नगेन्द्र अधिकारीले मेयर पदमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् ।त्यस्तै गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका भोजराज सिटौलाले मेयरमा उम्मेदवारी दिएका छन् भने उपमेयरमा माओवादी केन्द्रका तर्फबाट सीपी कडरियाले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै मेयरमा नेपाल लोकतान्त्रिक पार्टीका तर्फबाट अंचल धिमाल , जनता समाजवादी पार्टीका तर्फबाट उदय गुरुङ, आमूल परिवर्तन मसिहा पार्टी नेपालका तर्फबाट मनकुमार खुदाङ लिम्बूले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै उपमेयरमा नेकपा समाजवादीका तर्फबाट तीर्थ सिग्देल ,जनता समाजवादीका तर्फबाट चीजा राई , विवेकशील साझा पार्टीका तर्फबाट निशा सोनी कर्णले उम्मेदवारी दिएको निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले बताए ।
बिर्तामोडमा जम्मा २२३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मेयर १० , उपमेयर ९ , वडाध्यक्ष ५४ , महिला सदस्य ३७ , दलित महिला सदस्य ३१, खुल्ला सदस्यमा ८२ जनाले उम्मेदवारी दर्ता गराएको काफ्लेले जानकारी दिए ।
Comments

ताजा खबर