शक्ति प्रदर्शन सहित चौध दलले गरे उमेदवारी मनोनयन दर्ता

२०७९, १३ बैशाख मंगलवार ०६:३८

भविन्द्र गौतम, तानसेन  १३, बैशाख ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्बाचनका लागी १४ राजनितिक दल तथा स्वतन्त्र व्यक्तिहरुले उमेदवारी मनोनयन दर्ता गरेका छन । पाल्पाका १० वटै स्थानीयतहको निर्वाचन अधिकृतको कार्यालयमा ५ दलिय गठवन्धन अन्तरगत नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा नेपालले भागवण्डा अनुसार उमेदवारी मनोनयन दर्ता गरेका हुन । यस्तै नेकपा एमाले,  राष्ट्रिय प्रजातन्त्र पाटी, राष्ट्रिय प्रजातन्त्र पाटी नेपाल, राष्ट्रिय जनमुक्ति पाटी, मंगोल नेशनल अर्गनाइजेशन, उन्नत लोकतन्त्रपाटी, नेपाली काग्रेस विपि, सामाजिक एकता पाटी र  नेकपा माले पाटीका व्यक्तिले उमेदवारी मनोनयन गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले जनाएको छ ।

कार्यकर्ताको साथमा नारा जुलुस गर्दै उम्मेदवारी मनोनयन दर्ताका लागी ५ दलिय गठवन्धन, नेकपा एमाले र राप्रपाका उम्मेदवारी दर्ताको लागी निर्वाचन अधिकृतको कार्यालयमा पुगी उमेदवारी दर्ता गरेका थिए । उमेदवारी मनोनयको काम शान्तीपुर्ण रुपमा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले जनाएको छ । उमेदवार मनोनयन दर्ताका लागी निर्वाचन अधिकृतको कार्यालयमा प्रमुख, उप प्रमुख, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्यको लागी छुट्टा-छुट्टै मनोनय दर्ताको व्यबस्था रहेको थियो । ठुला दलका उमेदवारहरु ढिलो गरी मनोनयन दर्ता गर्न जादा वेलुका ५ बजे पछी उम्मेदवारहरु पालो कुरेर  लाइन लागेर बसेका थिए । दलहरुको उम्मेदवारी दर्ता गर्न आउँदाको झलक बिजय र्‍याली जस्तै देखिन्थ्यो ।

Comments

ताजा खबर