घट्यो सुन चाँदी को मूल्य

२०७९, १२ बैशाख सोमबार १२:३५

काठमाडौँ –  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य सोमबार प्रतितोलामा तीन सय रुपैयाँले घटेका छ ।

यसअघि आइतबार सुन तोलाको एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।सोमबार तेजावी सुनको मूल्य तोलाको एक लाख रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि प्रतितोलमा १० रुपैयाँले घटेको छ । आइतबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार तीन सय ५० रुपैयाँ तोकिएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु