ललितपुरमा एकीकृत समाजवादीले छुट्टै उमेदवार उठाउने

२०७९, ११ बैशाख आईतवार २०:३२

काठमाडौं: ललितपुरमा नेपाली कांग्रेस र नेकपा (एमाले)ले चुनावी तालमेलमा सहभागी नगरेपछि नेकपा (एकीकृत समाजवादी)ले ललितपुर जिल्लामा छुट्टै उमेदवार बनाउने तयारी गरेको छ ।
गठबन्धनको वाग्मती प्रदेशस्तरीय समन्वय संयन्त्रले आफूहरूलाई स्थानीय तहमा भाग नदिएर अपमान गरेकाले छुट्टै उमेदवार बनाउने निर्णय गरिएको एकीकृत समाजवादीका ललितपुर सहइन्चार्ज अमृत तिमल्सिनाले जानकारी दिए ।

“ललितपुरको ६ स्थानीय तहमा एकीकृत समाजवादी पार्टीलाई प्रमुख–उपप्रमुख नै नराखी कांग्रेस र माओवादीबीचमा मात्रै तालमेल गर्ने सहमति गर्नुभएछ । अहिले मात्रै हामीसँग महालक्ष्मी नगरपालिकाका उपप्रमुख, महानगरका निर्वाचित वडा अध्यक्ष, एक संघीय सांसद र एक प्रदेश सांसद अहिले नै हुनुहुन्छ,” उनी भन्छन्, “पहिले एमालेमा रहनुभएकाहरू पनि हामीसँगै हुनुहुन्छ । तर, हामीलाई अपमानजनक ढंगले अघि बढ्नुभएकाले हामीले उमेदवार दिने निर्णय गर्यौं ।”
एकीकृत समाजवादीले ललितपुरको मेयरमा हरिकृष्ण थापा र उपमेयरमा उषा बज्राचार्यलाई उठाउने निर्णय गरेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु