ओलीले पार्टीको घोषणा पत्र सार्वजनिक गर्ने

२०७९, ९ बैशाख शुक्रबार ०८:१३

काठमाडौँ: नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनको घोषणा पत्र आज सार्वजनिक गर्ने भएको छ । पार्टीको ७४औँ स्थापना दिवसका अवसरमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको घोषणा पत्र सार्वजनिक गर्ने तय भएकाे हाे ।

दिउँसो १ बजे नयाँ पार्टी कार्यालय तुल्सीलाल स्मृति भवन, च्यासलमा घोषणा पत्र सार्वजनिक हुने एमालेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनकाअनुसार त्यसअघि थापाथलीमा रहेको पार्टी केन्द्रीय कार्यालय च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा पार्टी केन्द्रीय कार्यालय सार्न लागिएको हो ।
थापाथलीमा रहेको पार्टी केन्द्रीय कार्यालय साँगुरो भएकाले स्थानान्तरण गर्न लागिएको एमालेले जनाएको छ । थापाथलीमा कार्यालय भए पनि आवश्यक बैठक कक्ष र पार्किङको अभावका कारण पार्टीका अधिकांश बैठक तुल्सीलाल स्मृति भवनमा नै हुँदै आएका थिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु