चुनाबको बेलामा जनता झुक्काउने खेल

२०७९, ९ बैशाख शुक्रबार ०७:४८

काठमाडौं: पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक अहिले समाजवादी क्रान्तिको पूर्वसन्ध्यामा रहेको बताएका छन् । रुसी क्रान्तिका नायक लेनिनको जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले देश सामाजिक न्यायमा आधारित समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको पूर्वसन्ध्यामा रहेको बताएका हुन् ।

उनले अहिले कम्युनिस्ट क्रान्तिकारीहरूको अगुवाइ र लोकतान्त्रिक शक्तिहरूको हिस्सेदारीमा पुँजीवादी जनवादी क्रान्ति आफ्नै विशेषता र मौलिकतासहित सम्पन्न भएको बताएका छन् । प्रचण्डले नेकपा एमालेलाई लक्षित गर्दै कम्युनिस्ट आन्दोलनको प्रतिगामी प्रवृत्तिले गत वर्ष संघीय गणतन्त्र, लोकतान्त्रिक प्रणाली र संविधानमाथि एकपछि अर्को प्रहार गरेको बताएका छन् ।

अझै पनि प्रतिगमनको खतरा अन्य नभएको भन्दै प्रचण्डले प्राप्त उपलब्धीहरूको रक्षासहित समाजवादको आधार तयार पार्नु यतिबेला सच्चा कम्युनिस्टहरूको ऐतिहासिक जिम्मेवारी हुन आएको बताएका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु