तोकिएको मितिमा नहुने , फेरि सर्ने भयो भन्सार एजेन्टको परीक्षा

२०७९, ८ बैशाख बिहीबार १७:४०

काठमाडौं । भन्सार एजेन्टको परीक्षा तोकिएको मितिमा नहुने भएको छ । भन्सार विभागले चैत २० गते ६६० जना भन्सार एजेन्टको परीक्षा सञ्चालन गर्ने अनुमति माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको थियो।

आयोग वैशाख ७ गते निर्णय गर्दै निर्वाचन आचारसंहिता लागिसकेको अवस्थामा तत्काल परीक्षा सञ्चालन नगर्न भनेको हो ।
आयोगले स्थानीय तह निर्वाचन सम्पन्न भएपछि परीक्षा सञ्चालन गर्न समेत भन्सार विभागलाई निर्देशन दिएको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु