इप्पान र निर्माण व्यवसायीले भोलि पनि बीमा समितिमा धर्ना बस्ने

२०७९, ८ बैशाख बिहीबार १५:३८

काठमाडौं: ननट्यारिफ बीमा व्यवसायको न्युनतम दर खारेजीको माग गर्दै बीमा समितिमा धर्ना बसेका निर्माण व्यवसायी र इप्पानका प्रतिनिधिहरुले भोलि पनि धर्ना गर्ने भएका छन् । कालो व्यानर, पर्चा, पम्प्लेट सहित बीमा समिति पुगेका व्यवसायीहरुले बीमा समितिको चर्को विरोध गरेका थिए ।

नारावाजी सहित शान्तिपुर्ण धर्नामा उत्रिएका व्यवसायीहरुले ननट्यारिफ बीमा व्यवसायको न्युनतम दरलाई तत्काल खारेज गर भन्दै विरोध गरेका थिए । उनिहरुले उक्त दरलाई फिर्ता नलिएसम्म धर्ना कार्यक्रमलाई जारी राख्ने जनाएका छन् । नारावाजी पछि आजको धर्नालाई स्थगित गरी भोलि पनि आजैकै समयमा बस्ने भन्दै फिर्ता भएका छन् । बीमा समितले गत असोज ६ गते जारी गरेको नन ट्यारिफ बीमा व्यवसायको न्यनतम दरको विरोधमा धर्ना कार्यक्रम गरेका हुन् ।

बीमा समितिले उनिहरुलाई आगामी समोबार छलफलका लागि बोलाएको छ । तर समितिको निर्देशनलाई अवज्ञा गर्दै उनिहरु धर्नामा उत्रिएका हुन् । बीमा समितिले ननट्यारिफ बीमा व्यववसायमा अस्वस्थ प्रतिस्पर्धा हुन थाले पछि दर निर्धारण गरिदिएको हो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु