गठबन्धन टुट्यो भने के हालत हुन्छ ?

२०७९, ६ बैशाख मंगलवार १५:४७

काठमाडौँ: प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् । मंगलबार नेविसंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले गठबन्धन नभए कांग्रेसको हातल २०७४ को जस्ते हुन सक्ने बताए । गठबन्धन कायम राख्नु पर्ने उनको भनाइ छ ।

‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ । गठबन्धन टुट्यो भने के हालत हुन्छ ? टुटेपछि फेरि हालत त्यही हुने हो । अस्ती(२०७४) के भएको थियो ?’ उनले भने, ‘ भोलि त्यस्तो अवस्था नआओस्, संविधानअनुसार कसैको बहुमत आउने अवस्था छैन । त्यसकारणले कसैसँग त गठबन्धन गर्नै पर्‍यो । कुनै हातलमा तोड्नु हुँदैन भन्ने साथीहरूको धारणा छ ।’

गठबन्धनमा रहेका दलहरूलाई स्थानीय तह निर्वाचनमा उचित स्थान दिनुपर्नेमा आफू सकारात्मक रहेकाे उनले बताए । देउवाले पाँचदलीय गठबन्धनबाट आफू प्रधानमन्त्री भएको र यो गठबन्धन चुनावसम्मै लैजाने पनि बताएका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु