हामीले जित्न सजिलो हुने स्थान हेरेर बाँडफाँट गरौं-दाहाल

२०७९, ६ बैशाख मंगलवार ०६:०२

काठमाडौँ: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीले चितवनको भरतपुर महानगरपालिकामा छोरी रेणु दाहालका लागि मेयर नमागेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा गरिएको पत्रकार सम्मेलनका क्रममा अध्यक्ष दाहालले भरतपुर महानगर नै चाहिने र मेयरमा रेणुलाई नै उठाउनुपर्ने दाबी आफूहरूले नगरेको बताएका हुन् ।
‘रेणुलाई भरतपुर चाहियो‚ नभए हुन्न भन्ने कुरामा सत्यता छैन,’ उनले भने, ‘हामीले केवल जित्न सजिलो हुने स्थान हेरेर बाँडफाँट गरौं भनेका हौं । त्यसमा कांग्रेसका धेरैलाई पनि भरतपुरमा हामीलाई सहज हुन्छ भन्ने छ । तर केहीलाई त्यस्तो लागेको छैन ।’

उनले ६ वटा महानगरपालिकामध्ये ३ वटा कांग्रेसले लिओस् र बाँकी तीनवटा माओवादी केन्द्र, नेकपा समाजवादी र जनता समाजवादीबीच भागबन्डा हुने गरेर गठबन्धन भित्र सहमति हुन लागेको उनले दाबी गरे ।
अध्यक्ष दाहालले आफूहरुलाई जनुसुकै नगरपालिका भए पनि हुने र भरतपुर नै चाहियो भनेर अडान नलिएको बताए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु