ग्लोबल आइएमई लघुवित्तको व्याज आम्दानी ६६% ले बढ्यो

२०७९, ५ बैशाख सोमबार १०:३४

काठमाडौं: ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्था लिमिटेड (GILB) ले आर्थिक वर्ष २०७८/७९ को तेश्रो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले यस त्रैमास सम्ममा रु.२०.४८ करोड खुद नाफा आर्जन गरेको छ। खुद नाफा अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा ३.१९% ले घटि रहेको छ। खुद नाफा घटेसँगै कम्पनीको प्रति शेयर आम्दानी पनि रु.८५.२६ बाट घटेर रु.४९.४२ कायम हुन आएको छ।

व्याज आम्दानीमा उलेख्य ६५.५३% को वृद्धि, खुद व्याज आम्दानीमा ३२.५८% को वृद्धि तथा संचालन नाफामा २६.०६% को वृद्धि आए पनि अघिल्लो वर्ष झैं यस वर्ष कर्जा नोक्सानी व्यवस्था वापत रकम फिर्ता नभएकोले लघुवित्तको खुद नाफा ३.१९% ले घटेको हो।

रु.५५.२५ करोड चुक्ता पूंजी रहेको लघुवित्तको जगेडा तथा कोष ५१.२२% ले वृद्धि भएर रु.४२.०६ करोड पुगेको छ। हाल जगेडा तथा कोष र चुक्ता पूंजीको अनुपात ७६.१३% रहेको छ। यस्तै, लघुवित्तको कुल शेयरधनीकोष पनि वृद्धि भएर रु.९७.३२ करोड कायम भएको छ जसले गर्दा प्रति शेयर किताबी मुल्य रु.१७५.०४ बाट बढेर रु.१७६.१३ हुन आएको छ।

त्यस्तै, व्यवसाय तर्फ लघुवित्तले उलेख्य प्रगती गरेको छ। तेश्रो त्रैमासमा विभिन्न बैंक वित्तिय संस्थाहरु बाट रु.१.५८ अर्ब कर्जा सापट र ग्राहक सदस्यहरुबाट रु.२.७० अर्ब निक्षेप संकलन गरी कुल रु.७.२८ अर्ब पूंजी परिचालन गरी रु.८.२३ अर्ब कर्जा प्रवाह गरेको छ। पूंजी परिचालन र कर्जा प्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा क्रमश ४६.७७% र ६९.०३% को वृद्धि रहेको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु