रोल्पामा विप्लव ‘कमजोर’,स्वतन्त्र उम्मेदवार ‘शक्तिशाली’

२०७९, ३ बैशाख शनिबार २०:३२

काठमाडौं चुडामणी वली (आदर्श) ले स्थानीय तह निर्वाचनको प्रचार अभियान थालिसकेका छन् । उनले रोल्पाको गंगादेव गाउँपालिका अध्यक्षमा ‘स्वतन्त्र उम्मेदवारी’ घोषणा गरेका हुन् ।

फाइल फोटो

युवा र किसानसँगै टोलटोलमा भेटिने उनी आफूलाई भोट माग्छन् त्यसपछि स्कूल,अस्पताल, खानेपानी, बाटो–घाटो, पुल–पुलेसा, मठ–मन्दिरको चर्चा गर्छन् ।उनी “चुनाव चिन्ह’ बिनै मतदाताको घरदैलोमा पुगेका छन् । चुनाव चिन्ह मनोनयन दर्तापछि मात्रै पाउने छन् । वली गंगादेवका मतदातासँग राय मागिरहेका भेटिन्छन् ।

स्वतन्त्र उम्मेदवार उनी गाउँतिर एक्लै भने छैनन् । नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता–कार्यकर्तासँगै हिँडिरहेका छन् । यत्तिमात्रै होइन चुनावी प्रचारमा माओवादी केन्द्रका कतिपय जिम्मेवार नेता–कार्यकर्ता पनि उनीसँगै देखिएका छन् । तर गाउँतिर प्रचार अभियानमा भेटिन्छन्, ‘एमाले–कांग्रेस’ का कार्यकर्ता ।युध्दताका माओवादी केन्द्रका ती कार्यकर्ता र स्वतन्त्र उम्मेदवार वली सँगसँगै देखिन्थे । तिनै व्यक्तिहरू अहिले फरक कित्तामा उभिएका छन् । तर पनि गंगादेवका उनीहरूले आफ्ना पुराना कमाण्डर अर्थात् कमरेड आदर्शलाई भुलेका छैनन् । यसकारण पनि पार्टी उम्मेदवार छाडेर स्वतन्त्र उम्मेदवारको चुनावी प्रचारमा माओवादी कार्यकर्ता हिँडेका हुन् ।

‘काठमाण्डू गएका नेताहरू गाउँ फर्किदैनन् । उहाँ त फर्किनुभयो नि ! गाउँपालिका अध्यक्ष लड्ने चर्चाले यहाँका जनता उत्साहित छन् । यस्तो बेला पार्टी–साथी भन्ने होइन । राम्रो उम्मेदवारलाई जिताउनुपर्छ । हाम्रो आस्था राख्ने पार्टी माओवादी केन्द्र नै हो । तर आदर्शलाई भोट हाल्छौं,’ माओवादी केन्द्रका एक जना कार्यकर्ताले भने ।

वलीको उम्मेदवारी घोषणासँगै गंगादेवका मतदाता प्रष्ट वक्ता र कामकाजी नेतालाई आउँदो स्थानीय निर्वाचनमा रोज्न पाउने भन्दै खुशी भएका हुन् । उनी प्रायः सबै टोलमा छिरिसकेका छन् । भेटघाटमा आफ्नो विचार राख्छन् । मतदाताको गुनासो पनि सुन्छन् ।

‘अघिल्लो निर्वाचनमा खराब पात्र जिताएर बर्बाद गरियो ! अब त राम्रो व्यक्तिलाई छान्ने हो । भ्रष्ट उम्मेदवारलाई भोट हाल्दा ठूलो दुःख पायौं,’एक युवाले भने ।

गंगादेवबासीलाई आदर्श देखे–भेटेपछि राजनीतिक पार्टीको वास्ता छैन । यहाँ नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकै कमजोर छ । तर स्वतन्त्र उम्मेदवार भने बलिया छन् । सबैले रूचाउँछन् र मान्छन् । वलीको पनि यत्ति अपेक्षा छ– सबै मतदाताले मताधिकार प्रयोग गर्ने क्रममा आफूलाई नै जिताउने छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु