बाढीका कारण मृत्यु हुनेको सख्या १४८ पुग्यो

२०७९, ३ बैशाख शनिबार ०६:४८

फिलिपिन्स: फिलिपिन्समा आएको आँधी मेगीका कारण पहिरो र बाढी आउँदा मृत्यु हुनेको सङ्ख्या बिहीबार १४८ पुगेको छ । यस वर्ष फिलिपिन्समा शक्तिशाली आँधीले केही दिनमा हजारौैंलाई विस्थापित गरेको छ ।

धेरै मानिसहरू अझै हराइरहेका र उनीहरू जीवित पाइने आशा क्षीण बनेको छ । मेगीबाट सबैभन्दा प्रभावित लेटेको मध्य प्रान्तमा विनाशकारी पहिरोले खेती र माछा मार्ने समुदायका थुप्रै घरहरू भत्काएको छ ।

प्रकोपले ग्रस्त यस क्षेत्रलाई सन् २०१३ मा ‘सुपर टाइफून हाइयान’ ले प्रत्यक्ष प्रभावित परेसहित यहाँ हरेक बर्ष आँधीले तहसनहस पारेको छ । जलवायु परिवर्तनको कारण विश्वव्यापी तापमान वृद्धि हुँदै गएपछि वैज्ञानिकहरूले यहाँ अझ शक्तिशाली आँधी आउने चेतावनी दिएका छन् ।

अबियोग नगरपालिकाका विपत् व्यवस्थापन कर्मचारीले मङ्गलबार गएको पहिरोले बगाएको पिलारको तटीय गाउँबाट शुक्रबार पनि दर्जनौ शवहरू पुरिएको अवस्थाबाट निकालेका बताइएको छ ।

अबुयोग मेयर लेमुएल ट्रेयाले एएफपीसँग १०० भन्दा बढी हराइरहेका र अरू कसैलाई जीवित भेट्टाउने आशा मरिसकेको बताउनुभयो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु