तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ, करिव साढे आठ लाख नगद बरामद

२०७९, १ बैशाख बिहीबार २१:२३

ललितपुर: गोदावरी नगरपालिका–१४ ठैव बस्ने राजेश महर्जनको घरमा तास खेलिरहेको अवस्थामा ११ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख ४३ हजार ६ सय ९० रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु