नेपाललाई शैक्षिक हब बनाउने-प्याब्सनका अध्यक्ष

२०७८, ३० चैत्र बुधबार ०७:१८

नेपालका निजी विद्यालयहरुको संगठन प्याब्सनका अध्यक्ष डीके ढुंगानाले आफूले नेपाललाई शैक्षिक हब बनाउने अभियानको नेतृत्व गर्ने बताएका छन्। नेपालको शैक्षिक क्षेत्रलाई माथि उकास्न धेरै काम गर्न बाँकी रहेको बताउँदै उनले नेपाललाई शैक्षिक हब बनाउने बताएका हुन् । टेलिभिजनको शिक्षा संवाद कार्यक्रममा बोल्दै उनले नेपालका निजी विद्यालय शहर केन्द्रित रहेकाले देशका कुना कुनामा पनि पुर्याइने बताए। अहिले प्याब्सनले ७३ जिल्लामा कार्यसमिति गठन गरेको उनले जानकारी दिए।

ढुंगानाले सरकारी विद्यालय समय अनुसार आधुनिकतातर्फ जानु पर्ने बताएका छन्। निजी स्कुलले ती विद्यालयसँग प्रतिश्पर्धा गर्न सक्ने वातावरण हुने हो भने नेपालको शिक्षा आफैं सुधार हुने उनको भनाइ छ । अहिले निजी स्कुलले गुणस्तरिय शिक्षा दिइरहेकाले धेरै अभिभावकको रोजाइमा पर्न सफल भएको र यो जनविश्वास गुम्न दिन नहुने ढुंगानाले बताए। समग्र शिक्षाको विकासका लागि सामुदायिक र निजी स्कुल दुवैले आआफ्नो ठाउँबाट भूमिका खेल्नु पर्ने भनाइ राख्दै निजी स्कुलले दिने सुविधाले उनीहरुको शुल्क फरक भएको बताए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु