हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

२०७८, २६ चैत्र शनिबार १६:४४

मंगलबारे: इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । चुलाचुली गाउँपालिका–३, समृद्धि टोलका ३९ वर्षीय रामबहादुर थुकुङ राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
बिहान मर्निङ वाकमा निस्किएका उनलाई जंगली हात्तीले आक्रमण गरेको थियो । हात्तीले आक्रमण गरेपछि उपचारका लागि उनलाई झापाको दमकस्थित एड्भान्स अस्पतालमा भर्ना गरिएको थियो ।
उनको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जंगाबहादुर थापाले बताए । घरबाट करिब दुई सय मिटर टाढा उनलाई हात्तीले आक्रमण गरेको हो । रासस

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु