काठमाडौंमा वैज्ञानिकहरुको ८औं सम्मेलन

२०७८, २६ चैत्र शनिबार ०९:४५

काठमाडौं: नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले काठमाडौंमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ८औं सम्मेलनको आयोजना गर्ने भएको छ । एनएचआरसीले काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गरी चैत्र २७ गतेदेखि २९ गतेसम्म वैज्ञानिकहरुको आठौं सम्मेलन गरिने जानकारी दिएको हो ।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा अनुसन्धानकर्ताहरु, जनस्वास्थ्यविद्हरु, जनसंख्याविद्हरु, नीतिनिर्माणकताहरु तथा बहुक्षेत्रीय विज्ञहरुबीच भेट गराई तथ्यमा आधारित नीति निर्माण र अन्तरविषयात्मक अनुसन्धानका निश्कर्ष सम्बोधन गरिने एनएचआरसीका सदस्य सचिव प्रदिव ज्ञवालीले बताए ।

सो सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले गर्नेछन् । कार्यक्रममा भौतिक उपस्थिति तथा भर्चुअल माध्यमबाट स्वदेश तथा विदेशमा रहका स्वास्थ्य तथा जनसंख्या विषयसँग सम्बन्धित व्यक्तित्वहरु सहभागी हुने डा.ज्ञवालीले जानकारी दिए ।

उक्त तीन दिने सम्मेलनका लागि स्वास्थ्य तथा जनसङ्ख्यासँग सम्बधित (स्वास्थ्य प्रणाली तथा नीति, जनस्वास्थ्य, कोभिड-१९ महामारी, क्लिनिकल अनुसन्धान, एक स्वास्थ्य एंवम् विश्वव्यापी स्वास्थ्य बायोमेडिकल र टान्लेसन अनुसन्धान) विषयमा अनुसन्धानकर्ताहरुले आफ्नो खोज तथा अनुसन्धान बारेमा १५३ वटा अनुसन्धान मूलक कार्यहरु परिषद्मा पेश गर्ने डा। ज्ञावलीले जानकारी दिए ।

ज्ञवालीले सम्मेलनमा ३१ जना राष्ट्रिय विज्ञ र २२ जना अन्तराष्ट्रिय विज्ञहरुलाई प्रस्तुतीकरणका लागि आमन्त्रण गरिएको जानकारी दिए । जस मध्ये मौखिक ११२ प्रस्तुतीकरण र ४१ वटा पोष्टहरु मौखिक प्रस्तुतीकरण छनौट गरिएको उनले बताए । यस्तै, सम्मेलनमा ३१ जना राष्ट्रिय विज्ञ र २२ जना अन्तराष्ट्रिय विज्ञहरुलाई प्रस्तुतीकरणका लागि आमन्त्रण गरिएको एनएचआरसीले जनाएको छ।

Comments

ताजा खबर