काठमाडौमा चैते दशैको स्वागत बिहानी बर्षाले गर्यो

२०७८, २६ चैत्र शनिबार ०९:४०

काठमाडौं: काठमाडौंमा शनिबार बिहान वर्षा भएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले वर्षा भएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार राजधानीसहित देशका विभिन्न स्थानमा शनिबार बिहान वर्षा भएको छ । महाशाखाले दिउँसो पनि प्रदेश १ को पहाडी भूभागका केही र बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र मधेस प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको छ ।

Comments

ताजा खबर