अमेरिकामा भएको बन्दुक हमलामा एक जनाको मृत्यु

२०७८, २६ चैत्र शनिबार ०८:३५

न्युयोर्क: अमेरिकामा भएको बन्दुक हमलामा एक जनाको मृत्यु भएको छ । अमेरिकाको न्युयोर्कमा भएको सो गोलीकान्डमा अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा १६ वर्षीया किशोरी रहेको प्राप्त विवरणहरुमा जनाइएको छ ।

घटनबारे थप अनुसन्धान भइरहेको न्यूयोर्कका प्रहरी प्रमुख कीचान्त सेवेलले जानकारी दिए । अमेरिकामा बारम्बार बन्दुक आक्रमण हुने गरेका छन् । एक साताअघि भएको बन्दुक आक्रमणमा ६ जनाको मृत्यु भएको थियो ।

Comments

ताजा खबर