झापाको चन्द्रगढी विमानस्थलबाट पोखरा उडान हुने

२०७८, २४ चैत्र बिहीबार १६:५४

काठमाडौं: झापाको चन्द्रगढी विमानस्थलबाट पोखरा उडान हुने भएको छ । नयाँ वर्ष (२०७९)को अवसर पारेर वैशाख २ गतेदेखि बुद्ध एयरले सिधा उडान गर्न लागेको हो ।

यस रुटका लागि बुद्ध एयरले सुरुवाती भाडादर ६ हजार ९ सय रुपैयाँ तोकेको छ । कम्पनीका अनुसार पोखराबाट भद्रपुर दिउँसो १:२५ मा जहाज उड्नेछ । भद्रपुरबाट सो जहाज पोखराका लागि दिउँसो ३ बजे उड्नेछ ।

विगत लामो समयदेखि चन्द्रगढी विमानस्थलबाट पोखरा उडानका लागि पहल गरिएको चन्द्रगढी विमानस्थलका पूर्वप्रमुख पुर्ण चुडालले जानकारी दिए ।

यस उडानबाट सीमापारी सिलिगढी, दार्जिलिङ, सिक्किमबाट पनि पर्यटक आउन सहज हुने कम्पनीको भनाइ छ । भद्रपुर आसपासका विभिन्न पर्यटकीय तथा धार्मिक गन्तव्यसहित इलामका चियाबगान, हिमश्रृंखलाको अवलोकन गर्ने पर्यटक बढाउन समेत यो उडान प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडे प्याकेज पनि ल्याएको छ । भद्रपुर–पोखरा प्याकेजका लागि १५ हजार रुपैयाँमा २ रात ३ दिनको प्याकेज बनाइएको छ । जसमा दुईतर्फी हवाई टिकट, पोखरा एयरपोर्टबाट होटल तथा होटलबाट पोखरा एयरपोर्ट गाडी सुविधा, वातानुकुलित ट्वीन शेयरिङ रुम र बिहानको ब्रेकफास्ट राखिएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु