दुर्घटनाको कारण खुली नसकेको, बस दुर्घटना हुँदा १४ जना घाइते

२०७८, २४ चैत्र बिहीबार १५:२४

कल्पना श्रेष्ठ,दाङ: मध्यपहाडी लोकमार्गमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । सानीभेरी गाउँपालिकाको सिम्लीबाट काठमाडौंतर्फ गइरहेको बा ३ ख ९६६५ नम्बरको रात्री बस मुसीकोट नगरपालिका ७ मा भित्तामा ठोक्किँदा उनीहरू घाइते भएका हुन् ।
घाइतेहरू सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए । घाइतेहरू सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गुडिरहेको गाडी भित्तामा ठोक्किएको थियो । २२ जना यात्रु बोकेको उक्त बस मध्यपहाडी लोकमार्ग भएर पोखरा हुँदै काठमाडौं पुग्नका लागि छुटेको थियो ।
बसको अगाडिको भागमा क्षती भएको छ । दुर्घटनाको कारण खुली नसकेको प्रहरीले जनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु