चौथो दिन पनि नेप्सेमा गिरावट, तीन उपसूचक बाहेक सबै रात्ताम्मे

२०७८, २३ चैत्र बुधबार १५:३४

काठमाडौं: आज साताको चौथो दिन पनि शेयर बजार घटेको छ । यो साता लगातार शेयर बजार ओरालो लागेको छ । आज परिसूचक नेप्से २३ दशमलव ३२ अंकले घटेर २,४२८ दशमलव ७५ को विन्दुमा कायम भएको छ । आज होटल एण्ड टुरिजम, म्युचुअल फण्ड र अन्य बाहेक सबै उपसूचक घटेका छन् । आज ३३ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १५६ वटा कम्पनीको शेय। मुल्य घटेको छ ।

आज दिनभरिमा २२६ वटा कम्पनीको ४३ लाख ७९ हजार ०४२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९९ करोड ५९ लाख ६४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ९ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राष्ट्र उत्थान लघुवित्तको ९ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज नविल बैंकको ६ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ५ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइप इन्स्योरेन्स कम्पनीको ४ करोड ४८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सोल्टी होटलका लगानीकर्ताले ३ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । तारागाउ रेजेन्सीका लगानीकर्ताले ३ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् । यूनाइटेड इदी मर्दीका लगानीकर्ताले २ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै इमर्जिङ नेपालका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु