तलब सुविधा एक करोड ७७ लाख रुपैयाँ, सञ्चालकले बुझे ४७ लाख

२०७८, २१ चैत्र सोमबार १६:३६

काठमाडौं: नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतलाई तलब भत्ता तथा सेवा सुविधा बापत एक करोड ७७ लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले उक्त रकम आर्थिक वर्ष २०७६/७७ मा दिएको हो । जतिवेला प्रमुख कार्यकारी अधिकृतमा विवेक झा थिए ।

जवकी झाले यस भन्दा अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा २ करोड ६० लाख ६० हजार रुपैयाँ प्राप्त गरेका थिए । झा २०७७ असार ३१ गते दोस्रो कार्यकाल पुरा गरेर बाहिरिएका कारण उनलाई कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नियम अनुसारको कर्मचारी बोनस दिएको छैन । यसैले गर्दा यस आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृतले प्राप्त गर्ने तलब सुविधा कम देखिएको हो ।

कम्पनीले प्रमुख कार्यकारी अधिकृतलाई तलब तथा अलाउन्सेस बापत एक करोड २३ लाख रुपैयाँ दिएको छ । त्यस्तै यस वर्षमा झाले इन्सेन्टिभ बापत १८ लाख रुपैयाँ बुझेका छन् । झाले यस भन्दा अघिल्लो आर्थिक वर्षमा कर्मचारी बोनस बापत ६७ लाख ५२ हजार रुपैयाँ बुझेका थिए । इन्सेन्टिभ पनि २८ लाख ५० हजार रुपैयाँ बुझेका थिए ।

लेखापरीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६/७७ मा कम्पनीको उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीले मात्रै तीन करोड ३७ लाख रुपैयाँ तलब भत्ता तथा अन्य सुविधा प्राप्त गरेका छन् । यस वर्षमा कर्मचारीहरुले तलब ३४ करोड ३९ लाख रुपैयाँ बुझेका छन् । त्यस्तै मुनाफाबाट १३ करोड ८४ लाख रुपैयाँ बोनस प्राप्त गरेका छन् । समिक्षा वर्षमा संचालकहरुलाई बैठक भत्ता बापत ४७ लाख १६ हजार रुपैयाँ भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु